धरानमा थप एकजना ५६ वर्षिय कोरोना संक्रमितको पुरुषको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, १० : १४
धरानमा थप एकजना ५६ वर्षिय कोरोना संक्रमितको पुरुषको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी उपमहानगरपालिकाका ५६ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना लक्षणसँगै स्वाब परीक्षण गर्दा कात्तिक १ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई प्रतिष्ठानकै कोभिड १९ अस्पतालमा कात्तिक ३ गते भर्ना गरिएको थियो । प्रतिष्ठानमा हालसम्म ६६ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी ४९ जना संक्रमित प्रतिष्ठानको कोभिड १९ अस्पतालको आइसोलेशनमा उपचाररत छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमणका कारण प्रदेशमा हालसम्म १ सय ३६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस