आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, ०८ : ३१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल  तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार प्रदेश केही  प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहने जनाएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । मंगलबार राति पनि प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अहिले बिहान प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको छ ।हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस