आपूर्तिमन्त्री भट्ट रंग फेर्न सिपालु चौपट्ट : प्रचण्डको बुई चढेर मन्त्री, ओलीको हात समातेर कमाउधन्दा

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, १२ : ४५
आपूर्तिमन्त्री भट्ट रंग फेर्न सिपालु चौपट्ट : प्रचण्डको बुई चढेर मन्त्री, ओलीको हात समातेर कमाउधन्दा

फाइल फोटो

काठमाडौं । विगतको जनयुद्धका कमाण्डर, अहिलेको धनयुद्धका नेता हुन् मन्त्री लेखराज भट्ट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डको बुई चढेर ओली सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुन सफल भट्ट अहिले भने प्रधानमन्त्री केपी शर्मा ओलीको हात समातेर कमाउधन्दामा लिप्त छन् । उनको कमाउधन्दा राम्रैसँग फस्टाएको छ । 

सत्तारुढ नेकपाभित्र आजकल ओली गुटमा लागेको स्वघोषित दावी गर्ने उनले ओलीकै आडमा राम्रै गोरख धन्दा चलाएको व्यापारीहरुको बीचमा चर्चा छ । गत चैतमा सरकारले  विदेशी मदिरा आयातमा प्रतिबन्ध लगायो । किनकी राज्यको पैसा अनावश्यक रुपमा विदेशिएको भन्दै सरकारले गरेको उक्त निर्णयलाई धेरैले सराहना गरेका थिए । प्रतिबन्ध लगाउने समयमा सरकारले भनेको थियो कोरोना संकटको कारणले अर्थतन्त्र तहसनहस हुनलागेकोले ब्यापार घाटा कम गर्न  विलासी वस्तु प्रतिबन्ध लगाइएको हो । 

नेपालमा खपत नहुने तेस्रो मुलकबाट आयात भएर भारत निकासी भैरहेको सुपारी, केराउ, मरिच, छोकोडा, ५० हजार डलरभन्दा बढि मूल्यका गाडी र मदिराको आयातमा त्यतिबेला सरकारले रोक लगाएको लगाएको थियो । कोरोनाका कारण अर्थतन्त्र तहसनहस नै भैसकेको अवस्थामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको प्रस्तावमा सरकारले विदेशी मदिरा खुलाउने निर्णय गरिदिएको छ । यसको पछाडि उनै मन्त्री भट्टले कमाउधन्दा चलाएका छन् । 

मदिरा उत्पादक संघले नै विदेशी रक्सी नल्याउन भनेका थिए । अहिले मदिरा उपभोग र व्यवसाय नै ओरालो लागेको हुँदा नेपाली उद्योगमा नै माग आउन छोडेको छ ।  मन्त्री भट्टले नेपालमा विदेशी मदिरा आयात गर्ने दुई ठूला व्यावसायिक घरानाको स्वार्थ पूर्ति गर्नका खातिर रक्सी आयात खोलको हुन् । शारदा समूह र  विशाल समूहको खेलो फड्कोलाई उनले मोटै रकम डिल गरेर खुलाएको बताइन्छ । यस विषयमा उनीसँग प्रतिक्रिया लिन पटकपटक फोन गर्दा सम्पर्कमा नै आएनन् ।

पछिल्लो समय नेपालमा मूल्यवृद्धि भएकै छैन भनेर विवादास्पद अभिव्यक्ति दिएका मन्त्री भट्ट जनताको भन्दा पनि उद्योगी र व्यापारीहरुका प्रिय बनिरहेका छन् । प्याजको मूल्यवृद्धि चेक गर्न उपभोक्ता बनेर पसलमा गई नौटंकी गर्न सिपालु उनी पार्टीभित्र कित्ता परिवर्तनको रंग फेर्न माहिर मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस