अमेरिकामा दशकौंपछि महिलालाई मृत्युदण्ड दिइने

पत्रपत्रिकाबाट

सोमबार, ०३ कार्तिक २०७७, ०८ : ४४
अमेरिकामा दशकौंपछि महिलालाई मृत्युदण्ड दिइने

काठमाडौं । अमेरिकामा झन्डै ७० वर्षपछि एक जना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् २००४ मा मिसोरी राज्यमा लिसा मन्टगमरीले एउटी गर्भवती महिलाको हत्यापछि पेट चिरेर बच्चाको अपहरण गरेकी थिइन् ।

उनलाई डिसेम्बर ८ मा इन्डियानामा प्राणघातक सुई लगाएर मृत्युदण्ड दिइने जनाइएको छ । ‘डेथ पेनाल्टी इन्फर्मेसन सेन्टर’ का अनुसार यसअघि अमेरिकामा सन् १९५३ मा बनी हेडीलाई मिसोरीमा मृत्युदण्ड दिइएको थियो ।

डिसेम्बर महिनामै अर्का एक जनालाई पनि मृत्युदण्ड दिने तय गरिएको छ । मृत्युदण्ड दिइने ब्र्यान्डन बर्नार्डलले दुई जना मन्त्रीहरूको हत्या गरेका थिए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस