एजेन्सी । विश्वका कतिपय मुलुकमा अझै मृत्युदण्ड दिने प्रावधान छ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार गत वर्ष सन् २०२४ मा विश्वभर १ हजार ५१८ जनालाई मृत्युदण्ड दिइएको छ।
यो तथ्यांक सन् २०२३ को तुलनामा ३२ प्रतिशत बढी हो भने सन् २०१५ पछिकै उच्च।
सबैभन्दा धेरै मृत्युदण्ड इरानमा कम्तीमा ९७२ जनालाई दिइएको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख छ। यीमध्ये ३० जना महिला थिए।
यसपछि सन् २०२४ मा साउदी अरेबियाले ३४५ जना र इराकले ६३ जनालाई मृत्युदण्ड दिएको छ।
अझ यसमा चीन, भियतनाम र उत्तर कोरियाको तथ्यांक छैन, तर त्यहाँ मृत्युदण्ड सामान्य मानिन्छ।
यमनमा भारतीय नर्स निमिषा प्रियालाई यही जुलाई १६ मा फाँसी दिइने भएकाले यो कुरा चर्चामा आएको हो।
भारत सरकारका अनुसार यसअघि विश्वका ८ देशमा ४९ भारतीय नागरिकलाई मृत्युदण्ड दिइएको छ। यीमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) मा मात्र २५ भारतीयलाई फाँसी दिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ असार २०८२, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदी अरबमा एकैदिनमा ८ जनालाई मृत्युदण्ड
अमेरिकामा १५ वर्षमा पहिलोपटक गोली हानेर मृत्युदण्ड दिइयो
अमेरिकामा १५ वर्षपछि पहिलो पटक यसरी दिइयो मृत्युदण्ड