काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार मुलुकका केही भूभागको मौसममा सामान्यदेखि आंशिक बदली हुने जनाएको छ ।
प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।
अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसमविदले प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको भनाइ छ ।
सोमबार राति पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?