थपिए दुई हजार नौ सय ४२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ४० हजार नजिक

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०७७, १६ : ३९
थपिए दुई हजार नौ सय ४२ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ४० हजार नजिक

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा दुई हजार नौ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेहरु दुई हजार तीन सय २६ जना छन् । सक्रिय संक्रमितको संख्या ३९ हजार तीन सय ४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरु ९२ हजार एक सय ६६ जना छन् । हालसम्म कोरोनाबाट नेपालमा सात सय ३९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस