काठमाडौँ । शनिबार राति मोटरसाइकलमा सँगै गस्तीमा निस्किएका दुई जना प्रहरीमध्ये एक जना मृत अवस्थामा भेटिएका छन् भने अर्का एक जना प्रहरी हालसम्म बेपत्ता छन् ।
राति ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए । उनका अनुसार नियमित गस्तीमा गएका असई गोविन्द विकको शव धनगढी उपमहानगरपालिका-११ को मोहना खोलामा भेटिएको हो । उनको साथमा रहेका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् ।
ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी खोजी गर्दा शव फेला परेको हो । शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । तस्कर समूहले हत्या गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान शुरु गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरीक्षक (डीआइजी) उत्तम सुवेदीसहितको प्रहरीको टोली घटनास्थल पुगेको छ । ‘यो घटना तस्करहरूले घटाएको प्रारम्भिक बुझाइ हाम्रो छ’ डिआइजी सुवेदीले भने । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०७७, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा