काठमाडौँ । शनिबार राति मोटरसाइकलमा सँगै गस्तीमा निस्किएका दुई जना प्रहरीमध्ये एक जना मृत अवस्थामा भेटिएका छन् भने अर्का एक जना प्रहरी हालसम्म बेपत्ता छन् ।
राति ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए । उनका अनुसार नियमित गस्तीमा गएका असई गोविन्द विकको शव धनगढी उपमहानगरपालिका-११ को मोहना खोलामा भेटिएको हो । उनको साथमा रहेका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् ।
ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी खोजी गर्दा शव फेला परेको हो । शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । तस्कर समूहले हत्या गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान शुरु गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरीक्षक (डीआइजी) उत्तम सुवेदीसहितको प्रहरीको टोली घटनास्थल पुगेको छ । ‘यो घटना तस्करहरूले घटाएको प्रारम्भिक बुझाइ हाम्रो छ’ डिआइजी सुवेदीले भने । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०७७, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
प्रहरीका ११ जना एसएसपीको सरुवा