आईपीएल : मुम्बईलाई पराजित गर्दै दिल्ली पुनः ओगट्यो शिर्ष स्थान

एजेन्सी

आइतबार, ०२ कार्तिक २०७७, ०८ : ०९
आईपीएल : मुम्बईलाई पराजित गर्दै दिल्ली पुनः ओगट्यो शिर्ष स्थान

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले चन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरि पुनः शिर्ष स्थान ओगटेको छ । 

दुबईको शारजहामा गए राति शनिबार भएको खेलमा दिल्लीका शिखर धवनले पहिलो शतकको मदतले चेन्नई पराजित गर्न सफल भएको हो ।  गत वर्षको उपविजेतामाथि विजय हात पारेपछि दिल्लीले ९ खेलमा १४ अंक जोड्दै प्लेअफमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २०  ओभर खेल्दै ९ विकेको क्षतिमा १७९ को स्कोर बनाएको थियो ।

लक्ष्य पछ्याउनेक्रममा दिल्लीलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो बलमा वाइडमा एक रन आउनुका अलावा धवनले १ रनमात्र बनाए । त्यसपछिको दुई बलमा लगातार छक्का र चौथो बलमा २ रन जोड्दै अक्षर पटेलले स्कोर बराबरी बनाए ।

पटेलले रवीन्द्र जडेजाको पाँचौं बलमा पनि छक्का प्रहार गर्दै दिल्लीलाई नाटकीय विजय दिलाए । पटेल ५ बलमा २१ रन बनाई अविजित रहे । म्यान अफ द म्याच धवनले ५८ बल खेल्दै १४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान श्रेयस ऐर २३ र मार्कस स्टोइनिस २४ रनमा आउट भएका थिए । यसअघि चेन्नईबाट फाफ डु प्लेसिसले ५८, शेन वाटसनले ३६ रन बनाएका थिए । अम्बाती रायडु २५ बलमा १ चौका र ४ छक्कासहित ४५ र जडेजा १३ बलमा ४ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस