काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशसभाभित्रको विवाद पार्टीका अध्यक्षद्वयको आपसी परामर्शमा समाधान हुने भएको छ ।
सो प्रदेशसभामा रहेका नेकपाका बहुमत सदस्यले पार्टीको प्रदेशसभा दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत साता अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बाहिरिएको थियो । विवाद बढेपछि पार्टीको नेतृत्वले चासो दिन थालेपछि असन्तुष्ट प्रदेशसभा सदस्यहरु काठमाडौँ आएर राजनीतिक भेटघाटमा जुटेका थिए ।
उनीहरुले आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर यस विवादको समाधान गर्ने जनाउनुभएको प्रदेश सांसद गुलाबजंग शाहले जानकारी दिनुभयो । उहाँले पार्टी नेतृत्वको निर्णय र निर्देशन आफूहरुलाई मान्य हुने स्पष्ट गर्नुभयो । ती सदस्यले शुक्रबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ कार्तिक २०७७, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपासँग नाउपाको एकता
नेकपाले समानुपातिकमा सबै ‘नयाँ अनुहार’ पठाउने
एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालद्वारा स्वागत
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान