भद्रकाली मन्दिरमा दर्शनार्थीहरुको भिड

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, १५ : १०
भद्रकाली मन्दिरमा दर्शनार्थीहरुको भिड

काठमाडौँ । नवरात्रिको पहिलो दिन शनिबार काठमाडौं उपत्यकाका शक्तिपीठमा दर्शनार्थीहरुको भिड लागेको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुल्ला नगर्ने बताएपनि दर्शनार्थीहरु पूजाआजाका लागि पुगेका छन् । शनिबार बिहान भद्रकाली मन्दिरमा पुग्दा पूजाआजाका लागि आउने श्रद्धालुहरुको भिड देखिएको हो । उनीहरु पूजा गर्नका लागि लामो लाइनमा पालो कुरिरहेका थिए । 

आज नवरात्रिको पहिलो दिन भएकाले पनि भक्तालुहरु मन्दिर तथा शक्तिपीठमा पुगेका हुन् । अघिल्ला वर्षहरुको तुलनामा कम भिड भएपनि कोभिड १९ संक्रमणको जोखिमलाई बेवास्ता गर्दैै भक्तालुहरु पूजाआजाका लागि शक्तिपीठ पुगेका छन् । सरकारले भने कुनै पनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस