आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, ०८ : ०८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेकाले हाल प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहको छ ।

शनिबार दिउँसो प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस