कोरोना संक्रमणबाट मृत्यु हुनेको तथ्यांक स्वास्थ्य मन्त्रालय र नेपाली सेना बिच बाँझियो

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, २२ : ०३
कोरोना संक्रमणबाट मृत्यु हुनेको तथ्यांक स्वास्थ्य मन्त्रालय र नेपाली सेना बिच बाँझियो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्यामा गोलमाल भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांक नै बाझिएपछि कतै सरकारले मृतकको संख्या लुकाएको त होइन ? भन्न्ने आशंका जन्माएको छ । 

सेनाले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा कोरोनाबाट मृत्यु भएका ८८९ जनाको शव व्यवस्थापन गरिएको उल्लेख छ । जसमा हिन्दु धर्म मान्ने ३१६ जनाको शव गाडिएको, ४३० जनाको शव शव दाह गृहमा जलाइएको र ७१ जनाको शव चितामा जलाएको उल्लेख छ ।

यस्तै मुस्मिल ३७ जनाको शव गाडिएको, बुद्धिस्ट १५ जनाको शव दाह गृह र १७ जनाको शव गाडिनुका साथै ३ जना क्रिश्चियन धर्म मान्नेको शव गाडिएको उल्लेख छ ।  तवकी नेपाल सरकारले भने शुक्रबारसम्म ७१५ जना कोरोना संक्रमितको मात्रै मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।

सरकार र सेनाको तथ्यांकमा १७४ को फरक कसरी पर्यो ? यसबारे बुझ्न मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने आफ्नो संयन्त्रबाट संकलन गरेको तथ्यांक यही भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस