कोरोना सन्त्रास : ललितपुरमा अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, २१ : ५८
कोरोना सन्त्रास : ललितपुरमा अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरेको छ । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावशयक सेवाहरु बाहेकका सेवा प्रवाह स्थगित गरिएको जानकारी दिए । 

प्रशासनले कोभिड–१९ को संक्रमणले भयावह रुप लिन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतको छलफलका आधारमा सो निर्णय लिइएको जानकारी दिएको छ 

प्रतिक्रिया दिनुहोस