‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १७ : ३९
‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप खोलेर बलात्कारलाई प्रशय दिने गरी लेख्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

साइबर अपराध ब्यूरोले स्थानीय प्रहरीसँगको समन्वयमा प्युठानका १९ वर्षीय नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइँदै गरेको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए । 

Yeti Diistillery Tansen Cement box

प्रहरीले यसअघि नै सो ग्रुपमाथि अनुसन्धान अघि बढाएको थियो । बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 
 
उनीमाथि विद्युतीय कारोबार ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस