प्रहरी दिवसमा दुई पत्रकार सम्मानित

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १४ : ०३
प्रहरी दिवसमा दुई पत्रकार सम्मानित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी दिवसको अवसरमा जिल्लाका दुई जना पत्रकारलाई कदरपत्रद्वारा सम्मानित गरेको छ ।

६५ औं प्रहरी दिवसको अवसरमा शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा पत्रकारद्वय सूर्यप्रसाद अधिकारी र रामकान्त पौडेल सम्मानित भएका हुन् । पौडेल नेपाल पत्रकार महासंघ वागमती प्रदेश समिति सदस्य हुन् भने अधिकारी नेपाल प्रेस युनियन चितवन शाखा उपाध्यक्ष हुन् ।

प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले पौडेल र अधिकारीलाई कदरपत्र प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस