CG Landmark

अभिभावकहरु आन्दोलित, मसिक शुल्क बढाएर लिएपछि विद्यालय घेराउ

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १३ : १३
अभिभावकहरु आन्दोलित, मसिक शुल्क बढाएर लिएपछि विद्यालय घेराउ

काठमाडौँ । बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ गरेका छन् । 

अभिभावकहरुले कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् । महामारीको अवस्थामा विद्यालय पनि बाँचनुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटकपटक आग्रह गर्दा समेत सुनुवाई नभएको अभिभावकहरुले बताएका छन् । 

Yeti Diistillery Tansen Cement box

अभिभावकहरुले वार्षिक शुल्क तिर्न नसक्ने, अनलाइन शिक्षाको छुट्टै शुल्क निर्धारण हुनुपर्ने र विद्यालयमा अभिभावकको प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरुले कोभिडको अवस्थामा अनलाइन शिक्षाको शुल्क निर्धारण गरि लिनुपर्ने ठाउँमा मासिक शुल्कमै ५ सय रुपैयाँ बढाएर लिएको बताएका छन् ।

अभिभावक संघका संयोजक शुप्रभात भण्डारीले सरकारले अनलाइन शिक्षाको शुल्क निर्धारण नगरिदिँदा विद्यालयहरुले आफूखुसी उठाउने गरेको बताए । उनले अभिभावकहरुको पेशा, रोजगारी गुमेको अवस्थामा सरकारले सहयोग गर्नुपर्ने ठाउँमा द्वन्द्व सिर्जना गरेको बताए ।

सरकारले निजी लगानीका संस्थागत विद्यालयमा अनलाइन शिक्षाको शुल्क निर्धारणको जिम्मा स्थानीय तहलाई दिएको थियो । असोज दोस्रो साताभित्र शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरिएपनि अहिलेसम्म अधिकांश स्थानीय सरकारले शुल्क निर्धारण गर्न सकेका छैनन् । जसको फाइदा उठाउँदै केही विद्यालयहरुले आफूखुसी शुल्क निर्धारण गर्न थालेका छन् । यससँगै अधिकांश विद्यालयहरुमा अभिभावक र निजी विद्यालयका सञ्चालकहरुबीच विवाद बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस