आजको मौसम : केही स्थानमा पानी पर्ने सम्भावना

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, ०८ : ०९
आजको मौसम : केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मुलुकका केही स्थानमा  सामान्य वर्षा हुने सम्भावना रहेका जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

यस्तै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । शुक्रबार राति प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।

देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेका सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस