बामदेव गौतमको मुद्दा आज पनि रोकियो

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, १२ : २६
बामदेव गौतमको मुद्दा आज पनि रोकियो

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम विरुद्धमा परेको मुद्दा आज पनि नहेरिने भएको छ । 

आज २८ गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोकेका छन् । वामदेवको मुद्दा भने पेसीमा चढ्न सकेन । 

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश जबराले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए ।

स्रोतका अनुसार यसअघि संवैधानिक इजलासका एक सदस्य ईश्वर खतिवडा ‘आइसोलेशन’ मा  बसेको कारण देखाउँदै गौतमको मुद्दा पेसीबाट हटाइएको थियो । तर, आज उनै खतिवडाको नेतृत्वमा संयुक्त इजलास तोकिएको छ । यद्यपि गौतमको हेर्दाहेर्दैको मुद्दाको संवैधानिक इजलास भने स्थगित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस