नेपालमा थपिए ३५५६ जना संक्रमित, १५०३ जना निको भए, १८  जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, १६ : २४
नेपालमा थपिए ३५५६ जना संक्रमित, १५०३ जना निको भए, १८  जनाको मृत्यु

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ५०३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ । कुल संक्रमितमध्ये ७८ हजार ७८० जना निको भएपछि नेपालमा हाल ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६६३ पुगेको छ ।