गेष्ट हाउसमा लगेर किशोरी बलात्कार गर्ने पक्राउ

पत्रपत्रिकाबाट

शुक्रबार, २३ असोज २०७७, ०८ : १७
गेष्ट हाउसमा लगेर किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने बाजुरा घर भएका २१ वर्षीय विष्णुराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही महानगरपालिका–२६ गोंगबुस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । राजधानी दैनिकमा खबर छ ।

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस