अमेरिकामा आसन्न निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएका बहस मध्ये राष्ट्रपतिका उम्मेदवारभन्दा उपराष्ट्रपतिका उम्मेदवारहरु बीचको बहस गुणस्तरीय देखिएको छ ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवारद्धय डोनाल्ड ट्रम्प र जोए बाइडेनका बीचमा गत हप्ता बहस भएको थियो भने उपराष्ट्रपतिका उम्मेदवारद्धय माइक पेन्स र कमला ह्यारिसका बीचमा बिहीबार बहस भएको थियो ।
राष्ट्रपतिका प्रतिश्पर्धीद्धयको बहसमा उहाँहरुले एक अर्कालाई आरोप लगाउने, गालीगलौज गर्ने, तर्क र तथ्याङ्क भन्दा बढी जिद्दी गर्नु भएको थियो । तर बिहीबारको उपराष्ट्रपतिका प्रतिश्पर्धीद्धयको बहसमा तुलनात्मक रुपमा भद्रता, शालिनता र तर्क तथा तथ्याङ्कहरुको प्रयोग बढी भएको पाइएको छ ।
दुई वहस हेर्दा राष्ट्रपतिका उम्मेदवारहरु भन्दा उपराष्ट्रपतिका उम्मेदवारहरुको बहस बढी गुणस्तरीय भएको दर्शकहरुको टिप्पणी छ ।अमेरिकामा उपराष्ट्रपतिको आगामी कार्यकालका लागि वर्तमान उपराष्ट्रपति पेन्सले रिपब्लीकनको तर्फबाट र ह्यारिसले डेमोक्र्याटिकको तर्फबाट प्रतिश्पर्धा गर्न लाग्नु भएको छ । ह्यारिस अस्वेत महिला पहिलो उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । उहाँको आमा भारतीयमुलकी हुनुहुन्छ ।
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ असोज २०७७, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने