बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २२ असोज २०७७, १५ : २०
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ६ का ४७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । योसंँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३० पुगेको छ ।

बुधबार अस्पताल भर्ना भएका उनको बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएकै दिन उनमा संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह र उच्च रक्त चापका बिरामी थिए ।


 

प्रतिक्रिया दिनुहोस