आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, २२ असोज २०७७, ०७ : ५८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभर  सामान्य बदली भइ केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । मौसमविदले यस्तै बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको  जनाएका छन् ।राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस