हेटौंडा । बलात्कारको कसुर प्रमाणित भएका एक युवकलाई मकवानपुर जिल्ला अदालतले २५ वर्ष कैद सजाय फैसला गरेको छ । ८ वर्षीया बालिकालाई बलात्कार गरेका हेटौंडा–१५ का २८ वर्षीय जयराम रुम्बाविरुद्ध जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले अदालतले आइतबार उक्त फैसला सुनाएको हो ।
बालिकालाई क्षतिपूर्तिस्वरूप रुम्बाले १ लाख रुपैया र पीडित राहत कोषमा १ लाख रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश गरेको छ । आइतबारकै इजलासले १४ वर्षकी बालिकालाई बलात्कार गरेको कसुरमा हेटौडा—१ का सुदीप लामालाई १२ वर्ष कैद फैसला गरेको छ ।
उक्त घटनामा अदालतले ६ महिनाभित्र पीडितलाई पीडकबाट क्षतिपूर्तिस्वरूप १ लाख रुपैयाँ नगद उपलब्ध गराउन पनि आदेश गरेको छ । कान्तिपुृर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ असोज २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ