भरतपुर अस्पतालमा ९२ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, १६ : ३१
भरतपुर अस्पतालमा ९२ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा आज ९२ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ बस्ने वर्ष ९२ का पुरुषको आज दिउँसो २ः१३ बजेको समयमा मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

अस्पतालका अनुसार संक्रमित वृद्ध असोज २० गते साँझ ७ बजे भरतपुर अस्पताल भर्ना भएका थिए । वृद्धमा खोकी र श्वासप्रश्वासमा समस्या भएको र लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको थियो। उनको दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुद उपचार गर्दा गर्दै मृत्यु हुन पुगेको अस्पतालको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस