काठमाडौं । नेपालमा बितेको ९ घण्टामा ३ हजार ४३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९४ हजार २९३ पुगेको छ ।
यस्तै २४ घण्टामा १ हजार १२६ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । कुल संक्रमितमध्ये ६८ हजार ६६८ जना निको भएपछि नेपालमा हाल २५ हजार ७ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै २४ घण्टामा नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५७८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ असोज २०७७, १६ : २६
लेखकबाट थप