कोरोनाका कारण बामदेवको मुद्दामाथिको सुनुवाई स्थगित

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, १३ : ५२
कोरोनाका कारण बामदेवको मुद्दामाथिको सुनुवाई स्थगित

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाई स्थगित भएको छ ।

सर्वोच्च अदालतमा आज बुधबार सुनुवाई तोकिएको भएपनि न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि सुनुवाई स्थगित भएको हो । अब कहिले हुन्छ भन्ने कुनै टुगो छैन ।

न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि तीन दिनदेखि सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ । बुधबार सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त र न्यायाधीश हरि फुयालको एकल गरी दुईवटा इजलास मात्र तोकिएको छ ।

नेकपा उपाध्यक्ष गौतमको राष्ट्रिय सभा सदस्य पदसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा सुनुवाई भइरहेको थियो । तर बुधबार उक्त इजलास नै राखिएको छैन ।

यसअघि असोज १४ गते सुनुवाइ भएको गौतमको रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई गरिएको थियो । त्यस दिनपनि सुनुवाइ नसकिएपछि बुधबारका लागि सरेको थियो ।

प्रतिक्रिया दिनुहोस