‘मनसुन बाहिरिन अझै केही दिन लाग्ने’ आज केही स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, ०८ : ३१
‘मनसुन बाहिरिन अझै केही दिन लाग्ने’ आज केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने भएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा यथावत रहेकोले मौसम बाहिरिन समय लागेको मौसमविदले जनाएका छन् । 

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ।

यस्तै प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । अहिले बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदलीको अवस्था छ।
 

प्रतिक्रिया दिनुहोस