काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्याउने परियोजनामार्फत नेपाल भित्रिएको छ । विकासोन्मुख मुलुकमा इन्टरनेट पहुँच बढाउने परियोजना एक्सप्रेस वाइफाईमार्फत फेसबुक नेपाल आएको हो ।
सार्वजनिक स्थानमा निःशुल्क वाइफाईका लागि फेसबुकले नेपालको सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनसँग सहकार्य सुरु गरेको हो । लकडाउन अघिदेखि नै फेसबुकले वर्ल्डलिंकसँगको सहकार्य सुरु गरेको भए पनि यसलाई हालै सार्वजनिक गरिएको वर्ल्डलिंकका सञ्चालक दिलीप अग्रवालले जानकारी दिए ।
‘हामीले १० हजार स्थानमा निःशुल्क वाइफाई हटस्पट जडान गरिसकेका छौं,’ उनले भने, ‘यी सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी हामीबीच सहकार्य भएको हो ।’फेसबुकले निःशुल्क वाइफाई हटस्पट व्यवस्थापनका लागि बनाएको सफ्टवेयरको प्रयोगले इन्टरनेटको गुणस्तर बढ्नुका साथै सेवा प्रयोगकर्तामैत्री हुने उनको दाबी छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ असोज २०७७, ०७ : ५०
लेखकबाट थप