कोरोना उपचार पछि ट्रम्प ह्वाइट हाउस फर्किए, चाँडै चुनावी प्रचारप्रसारमा सहभागी हुने

एजेन्सी

मंगलबार, २० असोज २०७७, ०९ : ०३
कोरोना उपचार पछि ट्रम्प ह्वाइट हाउस फर्किए, चाँडै चुनावी प्रचारप्रसारमा सहभागी हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित भएपछि तीन रातको हस्पिटल बसाइपछि ह्वाइट हाउस फर्किएका छन् । उनी संक्रमण पुष्टि भएपछि मेरिल्यान्डस्थित वाल्टर रीड मिलिट्री हस्पिटल भर्ना भएका थिए । ट्रम्प सोमबार साँझ ह्वाइट हाउस फर्किएका हुन् । हस्पीटलबाट डिस्चार्ज भएसंगै ट्रम्प अब चाँडै नै चुनावी प्रचारमा सहभागी हुने बताईएको छ । 

यसअघि राष्ट्रपति ट्रम्पका चिकित्सक डाक्टर सिन कोन्लेले ट्रम्पको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका थिए । चिकित्सकहरुले ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर फर्किनका लागि भने सुरक्षित रहेको बताएका थिए । राष्ट्रपति ट्रम्प अब राष्ट्रपति निवास ह्वाइट हाउसमै चिकित्सकीय निगरानीमा रहनेछन् ।

अस्पतालबाट निस्कनुअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘छिट्टै नै चुनावी प्रचार सुरु गर्नेछु । ‘फेक’ न्युजले केवल ‘फेक’ सर्वेक्षण देखाइरहेका छन् ।’ त्यसअघि पनि डोनाल्ड ट्रम्लिे ट्वीट गर्दै सोमबार साँझ अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए । हस्पीटलका चिकित्सक डा. सिन कोन्लीले ट्रम्प संक्रमित भएपछि दुईपटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको जनाएका छन् ।

डेक्सामेथासोनले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ । यसअघि बेलायतमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमणका कारण गम्भीर रूपमा बिरामी परेकाहरूको उपचारमा यसले प्रभावकारी भूमिका खेलेको दाबी गरिएको थियो । यो औषधिले शरीरको प्रतिरक्षा प्रणालीलाई ओसिलो बनाउने काम गर्छ । कोरोना भाइरसको संक्रमणसँग लड्ने क्रममा शरीरमा जलन उत्पन्न हुने गर्छ । तर कहिलेकाहीं प्रतिरक्षा प्रणाली अत्यधिक सक्रिय हुने भएकाले त्यो घातकसिद्ध हुन सक्छ ।
 

प्रतिक्रिया दिनुहोस