काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश नं. ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने प्रस्तावको विरोधमा भएका प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ ।
रुपन्देहीमा भइरहेको बन्द, हड्ताल तथा प्रदर्शनका क्रममा आन्दोलनरत पक्षबाट सरकारी सवारी साधनहरुमाथि भएको आगजनी तथा तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले प्रदेश कार्यालय बुटवलमार्फत घटनाका सम्बन्धमा अनुगमन भइरहेको जनाएको छ ।
अनुगमनका क्रममा तिलोत्तमा नगरपालिकामा कार्यरत एक राष्ट्रसेवक कर्मचारीको सवारीसाधन तथा निजका व्यक्तिगत सरसामानहरु समेत जलाइएको आयोगले जनाएको छ । यस्तै प्रदेशका मुख्यमन्त्री चढेकोे गाडी तथा अन्य सरकारी सवारी साधनहरुमा समेत ढुंगामुढा, तोडफोड तथा आगजनी गरिएको पाइएको भन्दै आयोगले सोमबार एक विज्ञप्तिमार्फत बन्दको कारण रुपन्देही र आसपासका जिल्लाहरुमा बिरामी, वृद्ध, गर्भवती महिला, श्रमिकलगायत आमनागरिकहरुको आवागमन तथा दैनिक जीवनमा कठिनाई उत्पन्न भएको पाइएको समेत जनाएको छ ।
‘असहमतिका कुनै पनि विषयमा शान्तिपूर्णरुपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भए तापनि आगजनी, तोडफोड जस्ता कार्यहरु कुनै पनि दृष्टिकोणबाट उचित हुँदैनन् । अतःविरोधका कार्यक्रमरुलाई हिंसात्मक नबनाई संयमित र शान्तिपूर्ण रुपमा अगाडि बढाउन तथा आफ्ना असहमतिका विषयहरुको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ असोज २०७७, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति सुरक्षा बलियो बनाउन र संयमित रहन आयोगको आग्रह
मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी
शान्ति सुरक्षा मजबुत बनाउनू: मानव अधिकार आयोग
जनजीवन सामान्य बनाउन भूमिका खेल्न मानव अधिकार आयोगको अपिल
कैदी बन्दीहरूलाई कारागार फर्कन र हतियार फिर्ता गर्न आयोगको आग्रह
लोकतान्त्रिक मूल्य र कानूनी शासनको आधारमा निकास खोज्न मानव अधिकार आयोगको सुझाव