नयाँ पेट्रोल पम्प खोल्न जुट्यो निगम

पत्रपत्रिकाबाट

सोमबार, १९ असोज २०७७, ०८ : ४६
नयाँ पेट्रोल पम्प खोल्न जुट्यो निगम

प्रतिकात्मक फोटो

काठमाडौं । नेपाल आयल निगमले आफैँ स्थानीय निकायको साझेदारीमा नयाँ पेट्रोल पम्प खोल्न लागेको छ । हालसम्म निजी क्षेत्रसहित केही सरकारी स्वामित्वका निकायबाट मात्र पेट्रोल पम्प सञ्चालन हुँदै आएकोमा बजारलाई हस्तक्षेप गर्नका लागि भन्दै निगमले पहिलोपटक स्थानीय तहसँगको साझेदारीमा आफैँ पेट्रोल पम्प सञ्चालन गर्न लागेको हो ।

हाल १ हजार ५ सय पेट्रोल पम्प निजी क्षेत्रले सञ्चालन गरिरहेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बजार हस्तक्षेप गर्नका लागि स्थानीय तहसँगको साझेदारीमा मुलुकभर २० देखि २५ वटा पम्प खोल्न लागेको जानकारी दिए । कारोबार दैनिकमा खबर छ ।


 

प्रतिक्रिया दिनुहोस