आजको मौसम : देशभरका केही स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, ०८ : १०
आजको मौसम :  देशभरका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर बदली भएका कारण सोमबार पनि देशभरका केही स्थानमा पानी पर्ने सम्भावन रहेको जनाएका छन् ।  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेको हो । 

मौसमविदले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएका हुन् ।  सोमबार राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहमा आंशिक बदली रहनेछ। 

प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

प्रतिक्रिया दिनुहोस