कान काटेर महिलाको गहना लुटियो

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, १५ : ०१
कान काटेर महिलाको गहना लुटियो

नवलपरासी । दसैँ नजिकिँदै गर्दा विभिन्न ठाउँमा लुटपाटका घटनाहरु भइरहेका छन् ।

आइतबार बिहानै कावासोती जंगलमा एक लुटेरा समूहले एक महिलाको दुवै कान काटेर गहना लुटपाट गरेका छन् ।  कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी स्थानीय तुलसी पौडेलको लुटेरा समूहले कान काटेर गहना लुटेका थिए । 

तुलसीका श्रीमान दण्डपाणीका अनुसार कान काटेर २ वटा ठूला मडहरी रिंग लुटेका हुन् । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् ।

प्रहरीले लुटेराको खाजी भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस