प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई कोरोना संक्रमण

सफल खबर संवाददाता

शनिबार, १७ असोज २०७७, १६ : ४९
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई कोरोना संक्रमण

फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई कोरोना संक्रमण भएको छ । प्रमुख सल्लाहकार रिमाललाई शुक्रबारको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

रिमालले शनिबार अपराह्न आफ्नो ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘हिजोको पिसिआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।’

शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस