चितवन । चितवनमा आज थप दुई जनाको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै आजै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका ७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना हुनुभएका उनीलाई बिहीबार राती भरतपुर अस्पतालमा रिफर गरिएको थियो । सोही दिन नै उहाँमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत उनीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ जना पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ असोज २०७७, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु