चितवन । चितवनमा आज थप दुई जनाको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै आजै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका ७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना हुनुभएका उनीलाई बिहीबार राती भरतपुर अस्पतालमा रिफर गरिएको थियो । सोही दिन नै उहाँमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत उनीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ जना पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ असोज २०७७, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु