चितवन । चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो ।
मृत्युपछि आएको पिसिआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो संगै चितवनमा कोरोना सङ्क्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ असोज २०७७, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु