आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, ०८ : ५६
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान माहाशाखाले बिहीबार देशका केही स्थानमा सामान्य बदली भई  केही स्थानमा पानी पर्ने संभावना रहेको जनाएको छ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुने माहाशाखाले जनाएको छ। यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा हुने संभावना रहेको छ।

माहाशाखाका अनुसार हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले मौसममा आंशिक र सामान्य बदलि रहेको हो । रातको समयमा भने देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस