काठमाडौं । यूएईमामा आयोजना भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा सट्टाबाजी खेल खेलाएको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका(१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र सोही महानगरपलिका(१७ रानी बस्ने ४२ वर्षीय जगदिश साह रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सत्यजितलाई मोबाईल फोनबाट आइपीएल खेल हार्ने वा जित्ने भनी अनलाईनमार्फत सट्टावाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बैजनाथ र जगदिशलाई समेत प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ, ३ थान मोबाइल, १ थान ल्यापटप र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ व्यक्तिहरू उपर जुवा वा सट्टाबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ असोज २०७७, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ
जुवातास खेलिरहेका ११ जना पक्राउ
करिब १ सय २० किलो गाँजासहित दुई जना पक्राउ
ब्राउन सुगरसहित ७ जना पक्राउ
पाँच जना जुवाडे पक्राउ