विषाक्त रसायन मिसिएको भेटिएपछि ९ वटा स्यानिटाईजरको बिक्री वितरणमा प्रतिबन्ध

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, ११ : ४२
विषाक्त रसायन मिसिएको भेटिएपछि ९ वटा स्यानिटाईजरको बिक्री वितरणमा प्रतिबन्ध

काठमाडौं । औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । स्यानिटाइजरमा विषाक्त रसायन मिथानेल भेटिएपछि विभागले प्रतिबन्ध लगाएको हो । 

इन्स्टायान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६ विपरीत मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसायन मिथानेल राखिएको र प्रतिबन्ध लगाइएका स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न विभागले सरोकारवालाहरूलाई आग्रह गरेको छ । 

आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर, शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरलाई प्रतिबन्ध लगाइएको छ ।

यस्तै ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडांैको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजरको बिक्री वितरणमा पनि प्रतिबन्ध लगाएको हो । यस्तै कालिकाकै ड्रोन ह्याण्ड स्यानिटाइजर (सादा) को विक्री विरतणमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस