‘यो कस्तो माया’ मा ध्रुव र निरुको मिलन

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, १० : ०३
‘यो कस्तो माया’ मा ध्रुव र निरुको मिलन

काठमाडौँ । गीतकार ज्योति गुरुङ्गको ‘योकस्तो माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका मेलिना राइको सुमधुर स्वमा सजिएको गीतको भिडियोमा मन, माया र समर्पणको भावलाई नजिकबाट केलाइएको छ ।  

भिडियोमा अभिनेता ध्रुव दत्त, निरु कोइराला, आस्था जोशी र स्वास्तु जोशीको अभिनय देख्न सकिन्छ ।  प्रवास बेलायतमा रहेका यी कलाकारहरु शब्दको भावलाई पर्दामा जीवन उतारेका छन् ।

बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको गीतको भिडियो सञ्चारकर्मी कुशल श्रेष्ठले तयार पारेका हुन् । भिडियोको निर्देशन र सम्पादन पनि श्रेष्ठले नै गरेका हुन् ।

https://www.youtube.com/watch?time_continue=1&v=d7vvpc5tK_M&feature=emb_logo&fbclid=IwAR0t6JZ3VQEVIhdbaeJoOVp8R0tGe2PdG4iXYMoTDs8jJFQi9SQaH8WblII

प्रतिक्रिया दिनुहोस