काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ की अनुपा कार्की असोज ७ गते आफ्नो श्रीमानसहित काम विशेषले त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । पैदल हिँड्दै गर्दा त्रिवि शिक्षण अगाडिको सडक पार गर्नै लाग्दा लाजिम्पाटबाट महाराजगन्जतर्फ हुत्तिएर आएको एफजेड मोटरसाइकलले एकाएक उनीहरुलाई ठक्कर दिन पुग्यो ।
मोटरसाइकलको ठक्करबाट अनुपा एकातिर लडिन् भने उनका श्रीमान अर्कौतर्फ लड्न पुगे । त्यही बेला तीव्र गतिमा रहेको बा ११ च ४१४१ नम्बरको गाडीको टायरले अनुपालाई किच्न पुग्यो । सो पछि गम्भीर घाइते भएकी हुनेको उपचारको क्रममा सोही दिन मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । यस्तै श्रीमानलाई भने केही चोट लागेपनि अहिले उनको अवस्था सामान्य रहेको छ ।
घटनापछि नम्बर खुल्न नसकेको एफजेड बाइक र गाडी दुबै फरार भएपछि बूढानिलकण्ठ वडा नम्बर ६ का जनप्रतिनिधिले दोषीमाथि कारबाहीको माग गर्दै महानगरीय प्रहरी बृत्त महाराजगन्जमा उजुरी दिएका थिए । सो उजुरीपछि प्रहरीले गाडी पत्ता लगाएपनि मोटरसाइकल भने अहिलेसम्म फेला पार्न सकेको छैन । फेला परेको गाडी पत्तो लागेसँगै सो गाडी धनी काँग्रेस नेता दीपक खड्का रहेको खुलेको बुढानीलकण्ड नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवीन केसीले जानकारी दिए ।
तर, गाडी पत्ता लागिसकेपछि पनि नेता खड्का सम्पर्कमा नआएको र चालकलाई दोष देखाएर उम्किने प्रयास गरेको उनको भनाइ छ । हाल प्रहरीले घटनामा संलग्न रहेको भन्दै खड्काका चालकलाई पक्राउ गरेको छ । तर, अन्य कानुनी विषय देखाएर खड्का भने सम्पर्कमा नआएपछि जनप्रतिनिधिहरु रुष्ट बनेका छन् ।
उनीहरुले खड्काले नै गाडी चलाउँदा सो घटना भएको दावी गर्दै आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन् । जनप्रतिनिधिले प्रहरीले खड्कालाई कानुनी कारबाही गर्न तदारुकता देखाउनु पर्ने भन्दै तत्काल कानुनी दायरामा नल्याए कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ असोज २०७७, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा सवारी दुर्घटना, एकजनाको मृत्यु, ६ घाइते
जिप सडकबाट २ सय मिटर तल खस्दा ३ युवकको मृत्यु
सप्तरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २४ बढी घाइते
स्कुटर दुर्घटनामा एमाले मकवानपुर अध्यक्ष पोखरेल गम्भीर घाइते
काठमाडौँमा जारी आन्दोलनबाट फर्किरहेका शिक्षक सवार बस दुर्घटना, १६ जना घाइते
लुम्बिनीमा चैत महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु