नेटवर्किङ व्यवसाय गरिरहेका ६० जनालाई पक्राउ गर्न सीआईबीमा पत्र

पत्रपत्रिकाबाट

सोमबार, १२ असोज २०७७, ०८ : १३
नेटवर्किङ व्यवसाय गरिरहेका ६० जनालाई पक्राउ गर्न सीआईबीमा पत्र

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिबन्धित नेटवर्किङ व्यवसाय गरिरहेका चार दर्जन कम्पनी तथा व्यक्तिलाई पक्राउ गरिदिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र पठाएको छ । 

ठगी गरिरहेका केही व्यक्ति विदेशमा समेत रहेको जानकारी पाएपछि विभागले गत बिहीबार सीआईबीको पनि सहयोग मागेको हो । ‘व्यवसायीले नेपाली मान्छेलाई मोहरा बनाएका छन् । केही व्यक्ति स्वदेशमा छैनन् भन्ने अनौपचारिक जानकारी पाएका छौं,’ विभागका वैदेशिक व्यापार नियमन शाखा निर्देशक शिवराज सेढाईंले भने, ‘ऐनले नै प्रहरीको सहयोग लिनुपर्ने भनेको छ । त्यही भएर सीआईबीलाई पत्र पठाएका छौं ।’

वस्तुको प्रत्यक्ष बिक्री ९व्यवस्थापन तथा नियमन गर्ने० ऐन–२०७४ तथा नियमावली–२०७६ ले पिरामिडमा आधारित सञ्जालयुक्त ९नेटवर्किङ० व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।

तर बजारमा कारोबार गर्नेहरू छ्यापछ्याप्ती छन् । प्रतिबन्धित नेटवर्किङबारे विभागमा दर्जनौं उजुरी परिसकेका छन् । ऐनको दफा ३९ मा अनुसन्धान र दायराको सन्दर्भमा सजाय र कसुर हुनेसम्बन्धी मुद्दाको अनुसन्धान निरीक्षण अधिकृतले गर्ने भनिएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस