शान्ति मिसनको घटनालाई लिएर कोर्ट अफ इन्क्‍वायरी गठन

पत्रपत्रिकाबाट

आइतबार, ११ असोज २०७७, ०७ : ४५
शान्ति मिसनको घटनालाई लिएर कोर्ट अफ इन्क्‍वायरी गठन

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्र संघ (यूएन) मिसनको कंगोमा शुक्रबार राति भएको घटनालाई लिएर अनुसन्धान गर्न मिसनमै रहेका सिनियर मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्‍वायरी गठन गरेको छ ।

मिसनमा खटिएका तीन जना क्याप्टेनले सैनिक जवानहरुलाई दुर्व्यवहार गरेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सेनाले त्यसको सत्य तथ्य पत्ता लगाउनको लागि अनुसन्धान थालेको हो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घटनाको विषयमा जानकारी पाउने बित्तिकै शान्ति सेना निर्देशनालयमार्फत अनुसन्धानको काम अघि बढाइएको हो । उनले केही दिनमै उक्त अनुसन्धान पुरा हुने र त्यसपछि गल्ती गर्नेलाई सैनिकको नियम अनुसार कारवाही हुने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस