कोरोना कहर :

भारतमा मृत्यु हुनेको संख्या ९२ हजार नाघ्यो, संक्रमितको संख्या ५८ लाख बढी

एजेन्सी

शनिबार, १० असोज २०७७, १० : ३९
भारतमा मृत्यु हुनेको संख्या ९२ हजार नाघ्यो, संक्रमितको संख्या ५८ लाख बढी

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार भन्दा बढी  कोरोना संक्रमित थपिएका छन् । यो संगै भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १८ हजार ५७० पुगेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 

कोरोनाले ज्यान गुमाउनेको संख्या भारतमा ९२ हजार २९० पुगेको छ । पछिल्ला केही हप्ता यता भारतमा दिनहुँ ९ सय देखि १ हजार ३ सयको बीचमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ ।  

पछिल्लो २४ घण्टामा मात्रै १ हजार १४१ जना संक्रमितको ज्यान गएको छ । भारतमा लकडाउन खुलेसंगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।  संक्रमितहरुको सूचीमा पहिलो स्थानमा रहेको अमेरिका पछि भारत दोश्रो स्थान रहेको छ ।

प्रतिक्रिया दिनुहोस