बायर्न मयुनिकद्धारा यूइएफए सुपर कप फुटबल माथि कब्जा

एजेन्सी

शुक्रबार, ०९ असोज २०७७, ०७ : ४८
बायर्न मयुनिकद्धारा यूइएफए सुपर कप फुटबल माथि कब्जा

बुडापेस्ट । बायर्न म्युनिकले यूईएफए सुपरकपको उपाधी माथि कब्जा जमाएको छ । म्युनिकले सेभियालाई बिहीबार अतिरिक्त समयमा २–१ ले हराउदैं उपाधी माथि कब्जा जमाएको हो ।  युरोपमा कोभिड–१९ महामारीबीच दर्शकसहित भएको यो पहिलो ठूलो युरोपेली खेल पनि रह्यो ।

सब्स्टिच्युट जाभी मार्टिनेजले १०४ औं मिनेटमा युरोपेली च्याम्पियनका लागि निर्णायक गोल गरे । यसअघि युरोपा लिग विजेता सेभियाले १३ औं मिनेटमा लुकास ओकाम्पोसको गोलले अग्रता लिएको थियो । लियोन गोरटेज्काले ३४ औं मिनेटमा बराबरी गोल फर्काए ।

पूरा खेल अवधिमा बायर्नकै दबदबा देखिएको थियो । बायर्न पछिल्ला ३२ खेलमा अपराजित रहेको छ र उसले यसक्रममा घरेलु लिग तथा कप दुवै जितेको थियो । यस्तै बार्यनले युरोपेली च्याम्पियन्स लिग पनि जितेको थियो । प्रशिक्षकमा हान्स फ्लिक आएयता बायर्नले जितेको यो चौथो उपाधि हो । 

प्रतिक्रिया दिनुहोस