कोरोनाबाट एक महिलाको मृत्यु

रासस

विहीबार, ०८ असोज २०७७, २१ : १५
कोरोनाबाट एक महिलाको मृत्यु

काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना  सङक्रमणबाट मृत्यु भएको छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको आज साँझ  मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार मिर्गौलाको समस्या भएकी ती महिला यही असोज ५ गते अस्पतालमा भर्ना  भई   भेन्टिलेटरमा उपचार भइरहेको थियो ।  आज बिहान कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङक्रमितको मृत्यु भएको थियो ।