नेपालमा आज १७ जनाको मृत्यु, १ हजार ४९७ जना संक्रमित थपिए, ४५७ जना निको भए

सफल खबर संवाददाता

विहीबार, ०८ असोज २०७७, १६ : २४
नेपालमा आज १७ जनाको मृत्यु, १ हजार ४९७ जना संक्रमित थपिए, ४५७ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । यस्तै आज थप १ हजार ४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४५७ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । जसमध्ये ५० हजार ४११ जना निको भएर घर फर्किएका छन् ।