काठमाडौं । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाल–चीन सीमा क्षेत्रमा निर्माण गरिएका भवनहरू चीनकै भूभागमा पर्ने बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा बुधबार मन्त्री ज्ञवालीले नेपाल र चीनबीचमा सीमा समस्या नरहेको बताए । ‘०७३ सालमा पनि त्यस क्षेत्रमा चिनियाँ पक्षले भवन निर्माण गरेको भन्ने समाचार आएको रहेछ,’ उनले भने, ‘त्यसबेला सरकारले परराष्ट्र र गृह मन्त्रालय तथा नापी विभागको संयुक्त टोलीलाई स्थलगत भ्रमणका लागि पठाएको थियो ।
टोलीको प्रतिवेदनअनुसार ती भवनहरू चीनले सीमाबाट आफ्नोपट्टि एक किलोमिटरभित्र निर्माण गरेको हो ।’ कान्तिपुरमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ असोज २०७७, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु