काठमाडौं । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाल–चीन सीमा क्षेत्रमा निर्माण गरिएका भवनहरू चीनकै भूभागमा पर्ने बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा बुधबार मन्त्री ज्ञवालीले नेपाल र चीनबीचमा सीमा समस्या नरहेको बताए । ‘०७३ सालमा पनि त्यस क्षेत्रमा चिनियाँ पक्षले भवन निर्माण गरेको भन्ने समाचार आएको रहेछ,’ उनले भने, ‘त्यसबेला सरकारले परराष्ट्र र गृह मन्त्रालय तथा नापी विभागको संयुक्त टोलीलाई स्थलगत भ्रमणका लागि पठाएको थियो ।
टोलीको प्रतिवेदनअनुसार ती भवनहरू चीनले सीमाबाट आफ्नोपट्टि एक किलोमिटरभित्र निर्माण गरेको हो ।’ कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ असोज २०७७, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट